चट्याङ लागेर महिलाको मृत्यु



सर्लाही ।

सर्लाहीको वागमती नगरपालिका स्थित चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती १ मिलनचोक घर भएकी दिल बहादुर आले मगरको श्रीमती ६४ बर्षिया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लागेर गम्भीर घाईते भएकी मगरको वागमतीमै सामान्य उपचारपछि थप उपचारको लागि नारायणी  अस्पताल बिरगंज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्