खैरो हिरोइनसहित दुई युवक पक्राउ  



दयाराम पण्डित
बाजुरा।

बाजुराको बुढिगंगा नगरपालिका वडा नं सात बयाल गाउँबाट  खैरो हिरोइनसहित दुुई जना युवक पक्राउ परेका छन् । उनीहरु विहीबार दिउँसो बयलगाउँ स्थित कुखुरा फर्म भित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बुढिगंगा नगरपािलका वडा न. ७ बायलगाउँ घरभएका २१ वर्षिय बाबुराम खड्का र खप्तडछेडेदह गाउँपालिका वडानं पाँच वस्ने २६ वर्षिय दिपक राउवललाई खैरो हिरोइनसहित  पक्राउ गरेको प्रहरीले बताएको छ ।

उनीहरुबाट खैरो हिरोइन ४१० मिलिग्राम  गांजा ६१० मिलिग्राम , लागूऔषध जोख्न  प्रयोग हुने एक थान डिजिटल तराजु सहित बरामद गरी थप अनुसन्धान भैरहेको प्रहरी नायब उरिक्षक एबं जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख  दिलीपकुमार  गिरीले बताए ।

खैरो हिरोइन ईण्डयाबाट आउने गर्छ नेपाल भारतको खुला सिमाना नै लागूऔषध कारोवार भित्रिनु प्रमुख कारण  हो । तराजु संगे भेटिएपछि दिपक र बाबुराम  दुबैजना लागूऔषध कारोबारी  भएको प्रहरीको ठहर छ डिएसपी गिरीको भनाई छ । उनका अनुसार बाबुराम धनगढी सम्म जाने र त्यहाँबाटै  ल्याएको भन्ने  प्रारम्भिक जानकारी छ । हामी अनुसन्धानकै क्रममा छौ, थप कुरा खुल्दै जानेछ उनले भने । दुई महिना अघिको सूचनाको आधारमा उनीहरुलाई समात्न सफभएको  डिएसपी गिरीको भनाई छ ।

लागूऔषध दुर्व्यसनीमा युवाहरुनै बढी संलग्न देखिन्छन् भन्ने थप जिज्ञाषामा प्रहरी नायव उपरीक्षक गिरीले भने देखासिकी ,  पारिवारिक कलह पढाइमा असफलता प्रेम वियोग लगायतका कारण छन्  बालबालिकालाई कुलतमा  फस्न नदिन  घरपरिवार विद्यालय र प्रहरी लगायत समग्र समुदायले सक्रिहुन  आवश्यक छ ।

लागूऔषध दुर्व्यसनीमा फस्न नदिन सामाजिक विकास कार्यालय बाजुराले पनि  बर्षेनी विद्यालय स्तरमा जनचेतनामुलक कार्यक्रम गर्दे आएको छ । लागूऔषध दुर्व्यसनीमा फस्न नदिन जनचेतनाका साथै  राज्यका आवश्यक जनशक्ती पनि  गाउँगाउँमा परिचालन गरिएका हुन्छन् ,  गलत गर्ने मान्छे जतिवेला पनि कानुनको डायरामा आउँनसक्छ , त्यसैले लागूओषध नियन्त्रणका लागि जिल्लामा अभियानकै रुपमा कार्यक्रम सञ्चालन  गर्नु पर्छ सामाजिक विकास कार्यालय बाजुराका प्रमुख मीन लामिछानेको भनाई छ ।

गत महिना मात्र बाजुराबाट ब्राउनसुगरसहित एकजना समातिएको थियो उनी  अहिले र्पुपक्षका लागि कारागार चलान गरिएका छन् ।
लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अफिम गांजा उत्पादन बाहेक । लागूऔषध (खैरो हिरोइन)  निकासी प्रठारी गरेकोपाईएमा २५ ग्राम सम्म पाच् देखि १० वर्ष कैद र पाँच  हजार रुपै.या देखि पच्चिस हजार रुपैंया सम्म जरिवाना । २५ देखि एक सय ग्राम सम्म भए १० देखि १५ वर्ष सम्म कैद सजाय र ७५ हजार रुपैंया देखि दुुई लाख रुपैंया सम्म्म जरिवाना हुने ब्यस्था छ  अधिवक्ता तुलाराम जैशीले भने ।  त्यसैगरी एक सय ग्राम देखिमाथि जतिसुकै भएपनि १५ वर्ष देखि माथि जन्मकैद र ५ लाख देखि २५ लाख रुपैंया सम्म जरिवाना हुने कानुनी प्रावधान छ । जानी जानी कुलतमा फस्न नहुने  सुझाव अधिवक्ता जैशीको छ ।

 

प्रतिक्रिया दिनुहोस्