अभिभावक नभएपछि खाना खोज्दै गाउँतिर, च्यातिएको लुगामा विद्यालय

1.1k
Shares

धादिङ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर २ तिनघरे, तारे होटल समेत भएको सदरमुकामबाट १० किलोमिटरको  दुरी । दिन दिनै असार मसान्तमा बजेट सक्नका लागि होटलमा हुने कार्यक्रम, मासुभात र भत्ता।  तर, तिनघरेको दलित समुदायका बालबालिका एक छाक खानका लागि गाउँचार्दै हिड्नुपर्ने बाध्यता छ ।

सरकारको ठूला योजना र स्थानीय सरकारले व्याख्या गरेको निःशुल्क शिक्षा भित्रबाट गिज्याइरहेको गाउँ तिनघरे। अनि यहाँका  बालबालिका उनिहरुको तस्वीर हेर्दा पनि टिठ लागेर आउँछ । सरकार छ तर कहाँ छ तिनघरेले भोट दिने समयमा भन्दा बाहेक थाहा पाउन सकेका छैनन् ।

तिनघरेको अन्नपूर्ण आधारभूत विद्यालयमा दिउँसो १ बजे खाजा खाने समय भएको थियो । विद्यार्थीहरु खाजाखाने भाँडोमा मासुचिउरा लिएर खाँदै थिए । सरकारले दिएको खाजाको १५ रुपैयाँले नपुग्ने भए पनि कहिलेकाहीँ आफ्नो खर्च कटाएर भएपनि विद्यार्थीलाई मासु खुवाउने गरेको रहेछन् ।

नियमित खाजाको समयमा जस्तै खाजा खाने समयमा विद्यालय पसगेका चार जना विद्यार्थीको अवस्था भने फरक थियो । कक्षा १ का ६ वर्षीय रामशरण मिजार र उनका दाई ७ वर्षीय राजेन्द्र मिजार अरु विद्यार्थीभन्दा छुट्टै बसेका थिए । घुँडामा च्यातिएको पाइन्ट, एक जना शिक्षकले दिएको टिसर्ट, कालो खुट्टा लिएर मासुचिउरा खाँदै थिए । सबैजसो विद्यार्थी विद्यालय पोशाका थिए तर उनीहरु दाजुभाइ विद्यालय पोशाकमा थिएनन् । त्यहि एउटा पोशाक राति  सुतेको बेला पनि लगाउने गर्दा गर्दै फाटेपछि उनीहरु अरुले दिएको लुुगा लगाउन विवस थिए ।

रामशरण र राजेन्द्र मात्र होइन उनीहरुका दिदी ९ वर्षीया पार्वती मिजार पनि सोही विद्यालयमा कक्षा ४ मा अध्यान गर्छिन्।
मिजार परिवार नुवाकोटको तारुकाबाट तिनघरे आएर बसेको र यहाँ जग्गाजमिन समेत नहुँदा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थियो ।
२ वर्षअघि उनीहरुका बाबुराजकुमार मिजारको झुण्डीएर मृत्युभयो।  तीन  महिनाअघि  आमा जुठी मिजार परिवार पाल्न नसकेपछि बालबालिकालाई बचाउने उपाय खोज्दै कुवेत पुगेको र बालबालिकाहरु मामाघरको ७५ वर्षीया हजुरआमाकोमा छाडेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन् ।

विहान उठेपछि धेरैजसो दिन ज्यालागरेर हजुरआमाले पकाएको खाना खाने तीन  बालबालिकाहरु कहिलेकाहीँ भोकै विद्यालय आउने गरेको राजेन्द्रले नेपालले  समाचारपत्रलाई बताए ।

विहान उठेपछि घरमा खानेकुरा नभएको दिनमा उनीहरु गाउँ चार्न निस्कन्छन् । केही पाए खाने । गाउँलेले दया गरेर दिए खाने गर्छन नदिए भोकै विद्यालय पुग्छन् । दिउँसोको विद्यालयको खाजा खाने समय कुरेर निन्याउरो मुख लगाएर बसिरहन्छन् । खाजा खाएपछि बल्ल उनीहरुको अनुहार उज्यालो देखिन्छ ।

तिनघरेको सो विद्यालयमा उनीहरुजस्ता ७ जना बालबालिका छन् जो खाजा खानका लागि विद्यालय आउँछन् । विद्यालय पोशाक र स्टेशनरी समेत नभएपछि उनीहरुको लागि निःशुल्क शिक्षाको कार्यक्रमले बेवास्ता गरेको जस्तो महसुस गरेका छन् ।

कक्षा ५ सम्मको पढाइहुने अन्नपूर्ण आधारभूत विद्यालयमा ६६ जना विद्यार्थी रहेकोमा ५० जना दलित विद्यार्थीमात्र रहेको विद्यालयका प्रधानाध्यापक उर्मिला तिमल्सीनाले बताइन् ।

उनीहरु अत्यन्त गरिब परिवारका बालबालिकामात्र भएको र गरिबीले गाउँजेको गाउँ भएकोले सामान्य जिवन यापनका लागि समेत कठिन रहेको छ ।
भोटमाग्ने बेला सबै राजनीतिक दल र उम्मेदवारहरु पुगेपनि गरिबी र दुखको मलम लगाउन भने कोही गाउँमा नआएकोले गाउँका गरिबीमा पिल्सीएका मानिसका लागि देशमा आएको गणतन्त्रले गरिबका लागि केही नभएको महसुस भएको गाउँबासीहरुको भनाइ छ ।