सुनचाँदीको मूल्य  बढ्यो, तोलाको कति पुग्यो ?



काठमाडौँ ।

 आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रवार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ ।

यस अघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्