विमानस्थलको छत भत्किँदा एक जनाको मृत्यु, ६ घाइते



काठमाडौं ।

भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थलको टर्मिनल–१ मा वर्षाका कारण छत भत्किँदा एक जनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ।

शुक्रबार बिहानै परेको भीषण वर्षाका कारण भत्किएको छाना सवारीसाधनमा खस्दा केही मानिस पुरिएका थिए। घरको छाना बाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका छन्।

दिल्ली-एनसीआर क्षेत्रमा अझै केही समय हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने र २० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने मौसम विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्