ट्याक्टर पल्टिँदा बालकको मृत्यु, दुई जना घाइते



गुल्मी ।

गुल्मीको रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार तम्घास–सिमलटारी सडक खण्ड हुँदै तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर दुर्घटना परेको हो।

दुर्घटनामा मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गुल्मी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक–५ बस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्