रामेछापमा बस दुर्घटना, ७ जना घाइते



रामेछाप ।

रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। लिखु तामाकोसी गाउँपालिकास्थित बिर्ता लामपानीमा आज बिहान यात्रु बाहक बस दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रदीप श्रेष्ठले जानकारी दिए।खिम्ति केउरिनि हुँदै मन्थली जाँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको यात्रु बाहक बस  आज बिहान दुर्घटना भएको हो।

घाइतेलाई स्थानीयले उद्धार गरी अस्पताल उपचारका लागि अस्पताल लैजाने तयारी गरिरहेका छन्। घटनास्थलमा प्रहरी पुगिनसकेको स्थानीयले जनाएका छन्। घटनाको थप विवरण आउन बाँकी छ

प्रतिक्रिया दिनुहोस्