नागार्जुनको कल्भर्टमा कार खस्यो, चालकको मृत्यु



काठमाडौं ।

काठमाडौंको सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा कार चालक नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ।

दर्नाल आफैँले चलाएको बा प्र ०२७ च ०४९१ नम्बरको कार गए राति कल्भर्टबाट खसेर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दर्नाललाई उपचारका लागि प्रहरीले मनमोहन मेमोरियल अस्पताल पुर्‍याएको थियो।

उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्