इङ्ल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा

8.46k
Shares

काठमाडौं ।

भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ। गए राति सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६.४ ओभरमा १०३ रन बनाउन सक्यो । इङ्ल्यान्डका ह्यारी ब्रुकले २५ रन बनाए। कप्तान जस बटलरले २३, जोफ्रा आर्चरले २१ र लियम लिभिङस्टोनले ११ रन थपे ।

भारतका अक्षर पटेल र कुलदीप यादवले समान तीन विकेट लिए। जसप्रित बुमराहले एक विकेट हात पारे। यस अघि भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए। यस्तै सुर्यकुमार यादवले ४७ रन बनाए। हार्दिक पाण्ड्याले २३ रन बनाउँदा रविन्द्र जडेजा १७ मा नट आउट रहे।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए। त्यस्तै रीस टोपले, जोफ्रा आर्चर, सैम करन र आदिल रशीदले समान एक/एक विकेट लिए।

अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने छ। फाइनल खेल शनिबार राति ८: १५ बजेदेखि सुरु हुने छ।