गोकुल बाँस्कोटाको प्रश्न- किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो ?



काठमाडौँ।

नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै उनले किसानले दूधको मूल्य किन नपाएको हो भन्दै प्रश्न गरे ।

उनले किसानले दूध बेचेर पाँच अर्बभन्दा बढी रकम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । “महिनौँदेखि भुक्तानी नदिएर किसान रुवाएर सरकार हाँसेर बस्ने हो ? जनताको सरकार हैन ? जनतालाई जवाफ दिनुपर्छ कि पर्दैन,” उनले भने।

सांसद बाँस्कोटाले दुग्ध विकास स्ंस्थानले एक अर्ब ५५ करोड बढी भुक्तानी गर्न बाँकी रहेको र प्राइभेट सेक्टर नाफामा मात्र लिप्त हुँदा मारमा किसान परेको उल्लेख गरे ।

उनले सरकार चलाउन मात्र होइन जनताको मुद्दामा पनि उत्तिकै चासो राख्न सरकारलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्