उड्न लागेका गायक राजेशपायल राईलाई विमानस्थलबाट फर्काइयो



काठमाडौँ।

सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेका गायक राजेशपायल राईलाई एयरलाइन्सले विमानस्थलबाट फर्काइदिएको छ।

उनले अत्यधिक मदिरा सेवन गरेर होहल्ला समेत गर्न थालेपछि एयरलाइन्सले विमानस्थल सुरक्षा प्रहरी, कार्यालयलाई जिम्मा लगाइदिएको थियो।

उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाज मार्फत आज बिहानको उडानमा जान लागेका थिए।

बोर्डिङ पास लिएर विमानभित्र प्रवेश गरेका राई पहिलै रक्सीले मातेको विमानस्थल स्रोतले बताएको छ । उनले विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग लफडा गर्न थालेपछि प्रहरीको जिम्मा लगाइएको हो

उनको उडान तय भएको विमान भने अहिले उडिसकेको छ।

प्रतिक्रिया दिनुहोस्