बजेट पारित भएपछि ओलीको प्रतिक्रिया- राम्रो थियो, पास भयो 



काठमाडौँ। 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले आगामी आर्थिक वर्षको बजेट राम्रो भएकैले सदनबाट बहुमतले पास भएको प्रतिक्रिया दिएका हुन्  ।

प्रधानमन्त्रीले मन्त्रीहरुले नै आफूखुसी बजेट राखेको भन्ने गुनासो गरेका छन् नि भन्ने प्रश्नमा ओलीले आफूले त्यस्तो नसुनेको जिकिर गरे ।

मंगलबार प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्