माइतीघर मण्डलाको पोलमा चढेकी महिलाको उद्धार



काठमाडौँ।

माइतीघर मण्डलस्थित राष्ट्रिय झण्डा राखेको पोलबाट आत्महत्याको प्रयास गरेकी आरती रावल गिरीलाई प्रहरीले उद्धार गरेको छ। मंगलबार दिउँसो उनी पोलमा आत्महत्या गर्ने भन्दै उक्लिएकी थिइन्।

उनलाई त्यहाँबाट उद्धार गरिसकेको र अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आफ्नै पूर्वश्रीमान्‌बाट बलात्कारमा परेको भन्दै उनले मुद्दा दायर गरेकी थिइन्। सो मुद्दामा गत जेठ २८ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सोही मुद्दामा दोषी ठहर निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध ७ वर्ष कैद सजाय हुने फैसला भएको थियो।

उनले गत माघ २ गते सर्वोच्च अदालतअगाडि आत्मदाह प्रयास गरेकी थिइन्।

त्यस्तै, गत चैत २१ गते उनले सर्वोच्च अदालतको परिसरमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्