विदेशबाट आएका कामततीको होटलमा शंकास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार

10.25k
Shares

सिरहा।

सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ का करिव ३२ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ।

होटल संचालक धर्मा महतोका अनुसार विहान ९.३० बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेका थिए। धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल संचालक महतोले जानकारी दिए।

मृतक कामती वैदेशिक रोजगारीबाट आज विहानमात्र घर आईपुगेको परिवारजनले जानकारी दिए। मृतका बुवा रामनारायण कामतीले विदेशबाट आउने वितिकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताए। मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी छन्।

कामतीको मृत्यु शंकास्पद रहेको जनाउँदै मृतक कामतीसँग प्रवेश गरेकी अपरिचित महिला फरार रहेको बताउँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनास्थको प्रकृति मुचुलका उठाउने काम भईरहेकोले तत्काल केही बताउन नसकिने जनाएको छ।

-मुकेश कुमार यादव