पेस्तोलसहित एक पक्राउ



 उदयपुर ।

 जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका १२बाट आइतबार एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका वडा नं ३ धर भएका जुलेश रायमाझीलाई अबैध रुपमा खाली म्यागजिन भएको एक थान पेस्तोल बोकेर हिँडेको अवस्थामा पक्राउ गरिएको हो ।

 निजको साथबाट उक्त पेूस्तोल बरामद गरी नियन्त्रणमा लिई अनुसन्धान पश्चात् जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्याद थप गरी आवश्यक थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्