विपीन जोशीको रिहाइको पहल भइरहेको छ : प्रधानमन्त्री दाहाल



काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको पहल भइरहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले जोशीका रिहाइका निम्ति सरकारले पहल गरिरहेको बताए ।

उनले भने, “इजरायल सरकार, मध्यस्तकर्ता कतार सरकार तथा दुवै पक्षका निकटस्थ छिमेकी देश गणतन्त्र इजिप्ट सरकारसँग समेत अनुरोध गर्दै औपचारिक र अनौपचारिक बैठकमा पहल भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्