कोपा अमेरिका: ब्राजिल कोस्टारिकासँग बराबरीमा, कोलोम्बियाको विजयी सुरुवात



काठमाडौं।

कोपा अमेरिका फुटबलमा ब्राजिलले कोस्टारिकासँग बराबरी खेल्दै कोपा अमेरिका २०२४ को सुरुवात गरेको छ। मंगलबार बिहान सम्पन्न खेलमा ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको हो।

समूह डी अन्तर्गतको यस खेलको ९० मिनेटसम्मको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि एक एक अङ्क बाँडेका छन्। समूह डी अन्तर्गत आजै सम्पन्न खेलमा कोलोम्बियाले पराग्वेलाई २-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

कोलोम्बियाको जितमा डानिएल मुनोज र जेफेरसन् लेर्माले एक एक गोल गरेका थिए भने पाराग्वेका लागि जुनिलो एन्सिसोले एक गोल गरेका थिए। यो जितपछि कोलोम्बियाले महत्त्वपूर्ण ३ अङ्क हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने ब्राजिल र कोस्टारिकाको एक एक अङ्क रहेको छ।

अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पराग्वेसँग खेल्ने छ भने कोलोम्बियाले सोहि दिन कोस्टारिकासँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्