टी-२० विश्वकप : अफगानिस्तानले बङ्गलादेशलाई दियो ११६ रनको लक्ष्य



काठमाडौं ।

अफगानिस्तानले बङ्गलादेशलाई ११६ रनको लक्ष्य दिएको छ। जारी टी- २० विश्वकप अन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको हो।

अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए। त्यस्तै बङ्गलादेशका बलर रिशाद होसैनले ३ विकेट लिएका थिए।

  सेमिफाइनलमा पुग्न अफगानिस्तानलाई यो खेल जित्न अनिवार्य छ। त्यस्तै बङ्गलादेशले यो लक्ष्य १२.३ ओभरमा पुरा गरेमा सेमिफाइनलमा पुग्ने छ।

प्रतिक्रिया दिनुहोस्