पोखरा महानगरपालिकाले ल्यायो साढे ७ अर्बको बजेट 



कास्की । 

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि साढे ७ अर्बको बजेट ल्याएको छ । आगामी वर्ष कार्यान्वयन हुने गरी उपमेयर मन्जुदेवी गुरुङले ७ अर्ब ५१ करोडको बजेट प्रस्तुत गरेकी हुन् ।

पोखराले १ अर्ब ५५ करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान गरेको छ । संघ सरकारले राजश्व बाँडफाँट मार्फत ३८ करोड ३३ लाख रुपैयाँ उपलब्ध गराउने छ भने प्रदेशले राजश्व बाँडफाँटमै ९ करोड ७२ लाख दिने छ ।

स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार प्राप्त हुने अनुमान रहेको गुरुङले बताइन् ।

प्रतिक्रिया दिनुहोस्