टी–२० विश्वकप : शतक बनाउन चुके रोहित



काठमाडौँ।

आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गत अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतका कप्तान रोहित शर्मा आउट भएका छन् ।

४१ बलको सामना गरेका रोहितले आउट हुनुअघि ९२ रन बनाए । त्यसक्रममा उनले ७ चौका र ८ छक्का प्रहार गरे । शर्मालाई अस्ट्रेलियाका मिचेल स्टार्कले आउट गरेका हुन् ।यसअघि भारतले विराट कोहलीलाई शून्य र ऋषभ पंतलाई १५ रनमा गुमाएको थियो ।

सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको भारतले १२ ओभरको खेल सकिँदा भारतले तीन विकेटको क्षतिमा १३१ रन बनाएको छ । अहिले क्रिजमा सुर्यकुमार यादव र शिवम् दुवे छन् ।

भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो ।

सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्