तिलोत्तमाले बढायो बजेट 



बुटवल। 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८१ / ८२ का लागि चालु आर्थिक वर्ष भन्दा २ करोड ७७ लाख बढीको बजेट  ल्याएको छ । अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिँदै कुल २ अर्ब ७६ करोड ६२ लाख २२ हजार रुपैयाँको बजेट ल्याएको छ । पालीकाको दोस्रो नगरसभा तथा पांचौं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१-८२ का लागि चालु खर्चतर्फ १ अर्ब २४ करोड ४३ लाख ७४ हजार (४५.०१) प्रतिशत र पुँजीगत तर्फ १ अर्ब ५२ करोड १८ लाख ४८ हजार (५४.९९) प्रतिशत खर्च हुने अनुमान गरिएको उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेट प्रस्तुति गरेकी हुन् ।

 बजेटमा स्वास्थ्य तर्फ सबै नागरिकको पहुँच सुनिश्चित रहोस् भन्ने उद्देश्य सहित वातानुकूलित खोप केन्द्र निर्माणका लागि ९ करोड ४५ लाख २२ हजार रुपैयां विनियोजन गरिएको छ ।

यस्तै  शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको अभिवृद्धि ,कृषिको व्यवसायीकरण, पूर्वाधार विकास मार्फत नगर रुपान्तरण, पर्यटन पूर्वाधार तथा पुरातात्वीक स्थलको संरक्षणलाई प्राथमिकतामा राखिएको चौधरीले बताइन् ।

शिक्षातर्फ सामुदायिक विद्यालयमा बालविकास कक्षा व्यवस्थापन, यातायातका साधनमा अनुदान, नगरको समग्र शिक्षा प्रणाली सुधारका लागि ४५ करोड ६९ लाख ८५ हजार रुपैयां बजेट प्रस्ताव भएको उपप्रमुख चौधरीले बताइन ।

नमुना कृषक प्रवर्द्धन, कृषिको आधुनिकिकरण, धान खेतीमा हाँस , किसानलाई दुग्ध उत्पादनका आधारमा अनुदान दिने व्यवस्थालाई शतप्रतिशत वृद्धि गरी कृषिमा २ करोड ३७ लाख ७९ हजार प्रस्ताव भएको छ ।

 नगर प्रमुख नवप्रवर्तन कार्यक्रम तथा नगर उपप्रमुख उद्यमशीलता विकास केन्द्रको प्रभावकारी सञ्चालनका लागि आवश्यक बजेट विनीयोजन गरिएको छ ।

पालिकाले सडक सौन्दर्यीकरण तथा उज्यालो तिलोत्तमा बनाउन आवश्यक बजेट छुट्याएको छ । आगामी वर्ष पालीकाले ३२ करोड ६६ लाख २५ हजार अन्तरिम राजश्व तर्फ संकलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बजेटबाट २ अर्ब ४३ करोड ९५ लाख ९७ हजार प्राप्त हुने लक्ष्य राखेको छ । पालीकाले चालु आर्थिक वर्षमा २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार को बजेट ल्याएको थियो ।

नगरपालिकाले चालु आर्थिक वर्ष भन्दा २ करोड ७७ लाख बढीको बजेट  ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्