कोशी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा



काठमाडौँ ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा भइरहेको बहसमा रिट निवेदकले जवाफ दिन बाँकी रहेपछि हेर्दा हेर्दैमा राखिएको हो ।

सोमबार मुख्यमन्त्री हिक्मतबहादुर कार्कीका तर्फबाट बहस भएको थियो । भने अब मंगलबार जवाफी बहस हुने बताइएको छ ।

सोमबार मुख्यमन्त्री कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टिकाराम भट्टराई, रमण श्रेष्ठ, रमेश बडाल, प्रकाश केसी ,अधिवक्ताहरू माधव बस्नेत, भिर्माजुन आचार्य, हर्कसिंह रावल लगायतले बहस गरेका थिए ।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरित अर्को मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले गत वैशाख २७ मा दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्