केएमसी ललितपुर फनमनिया २०८१ सम्पन्न



ललितपुर । 

काठमाडौँ  मोडल स्कुल (केएमसी) ललितपुरका विद्यार्थी उत्प्रेरक समितिद्वारा आयोजित वार्षिक कार्यक्रम फनमेनिया सम्पन्न भएको छ।  ।
केएमसी ललितपुर,एओसी र एसीसीद्वारा प्रायोजित कार्यक्रम सिग्नेचर कार्यक्रमको रूपमा स्थापना गरिएको हो । कार्यक्रममा एसइई दिएर बसेका देशभरका विभिन्न  विद्यालयका करिब ३ हजार ५ सय विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा मौलिक परम्परा झल्किने सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । नृत्य, गायन,बाँसुरी वादन आदिको आकर्षक प्रस्तुतिले भएको थियो ।   कार्यक्रममा समीर श्रेष्ठ (फिट गुड बोइज ),प्रजिना फिट रेगन, सुशान्त घिमिरे (रा.रागा),अचल शाही ठकुरी जस्ता कलाकारले मनमोहक प्रस्तुति दिएका थिए ।  निसान सुस्लिङ मगर,स्वस्तिक अर्याल, साजन गुरुङ,विनर राई लगायत कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बानेश्वरकी छात्रा सगुन लावतीले केएमसी ललितपुरको कार्यक्रमले भरपुर मनोरञ्जन  दिएको बताइन ।  ‘खुला मैदान, शान्तिपूर्ण वातावरण, सुन्दर आकृतिका बिचमा अवस्थित केएमसी कलेज मलाई औधी मन प¥यो–उनले भनिन ।  एभरेस्ट स्कुल, लालबन्दी सर्लाहीकी छात्रा कोमल रायमाझीले कार्यक्रम र केएमसीका सन्दर्भमा प्रतिक्रिया दिँदै मलाई  केएमसीको कार्यक्रमले विद्यार्थीको अतिरिक्त क्रियाकलाप महत्वपुर्ण रहेको बताए ।

 एएमसीको प्राचार्य सुनिल गैरेले विद्यार्थीमा अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले विगतदेखि नै निरन्तर विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको जानकारी दिए । कार्यक्रम संयोजक रविन्द्र लामाले विद्यार्थीलाई आफूले जानेका र सिकेका विषयको प्रतिभा प्रदर्शन गर्न कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताए ।

प्रतिक्रिया दिनुहोस्