नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या 



काठमाडौँ। 

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । सोमबार अपराह्नदेखि कम्पनीको जीएसएम मोबाइल सेवामा एक्कासि समस्या आएको हो ।

टेलिकमका पोस्टपेड तथा प्रिपेड मोबाइल नम्बरहरूमा कल गर्दा नलाग्ने, लागि हाले पनि आवाज नसुनिने र काट्टिने जस्ता समस्या देखिएका छन् । टेलिकमले यो समस्याको विषयमा अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्