फणीन्द्र देवकोटालाईलाई सांसदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौँ।

सर्वोच्च आदालतले गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई कारबाही नगर्न आदेश दिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले सो रिटको अन्तिम टुंगो नलागेसम्म उनलाई सांसदको रुपमा काम कारबाही गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । उक्त मुद्दामा कारण देखाउ आदेशसमेत जारी भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिन उनले फ्लोर क्रस गरेका थिए। उनले फ्लोर क्रस गरेर कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले देवकोटालाई कारबाही गरेको थियो।

उनी गोरखा निर्वाचन क्षेत्र २को १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।

माओवादीको निर्वाचन चिह्न लिएर चुनाव लडे पनि उनले आफू नेपाल समाजवादी पार्टीको उम्मेदवार भएकाले स्वतन्त्र हुने दाबी गर्दै आएका थिए । उनले यही कारण आफूले मन लागेको मुख्यमन्त्रीको उम्मेदवारलाई मत दिन पाउने तर्क गर्दै आएका थिए ।

यही तर्क सर्वोच्चको रिटमा पनि उनले गरेका थिए । सर्वोच्चको यो आदेशपछि उनको सांसद पद जोगिएको छ भने माओवादीको कारबाही फैसला नभएसम्मका लागि रोक लागेको छ। गण्डकी प्रदेशका ६० सदस्य प्रदेशमा बहुमत पुर्‍याउनका लागि नेपाली कांग्रेसले देवकोटाको मत लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्