विरोध र तोडफोडपछि जीतपुरसिमराको नगरसभा स्थगित



बारा ।

बाराको जीतपु सिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ।

नेकपा एमाले र कांग्रेसका वडाध्यक्षहरुको विरोध र तोडफोडपछि नगरसभा स्थगित भएको हो ।

आज आर्थिक वर्ष ०८१/०८२ का लागि बजेट पेस गर्ने कार्यक्रम थियो। नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा छिर्नसाथ जीतपुर सिमरा उपमहानगरका वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी र ७ का सुनिल गुप्तालगायतले नारावाजी गर्दै नगर सभास्थलमा रहेका कुर्सी र टेबल समेत तोडफोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्