सशस्त्र प्रहरीद्वारा सप्तरीबाट १ सय ७ कार्टुन मदिरा बरामद 

3.38k
Shares

सप्तरी।

 जिल्लाको राजगढ गाउँपालिका२ कमलपुर स्थित दशगजा इलाकाबाट सशस्त्र प्रहरीले १ सय ७ कार्टुन मदिरा बरामद गरेको छ ।

 सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कुमार श्रेष्ठको कमान्डमा खटिगएको मोबाइल गस्तीले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको  मामाश्री ब्राण्डको  (मदिरा) सहित ओसारपसारमा संलग्न २ जना व्यक्तिलाई सोमबार नियन्त्रणमा लिएको हो  ।

नियन्त्रणमा लिइएकाहरुमा सप्तरी  जिल्ला राजगढ गा.पा.-२ कमलपुर बस्ने बर्ष २६ को नारायण यादव र सोही गा.पा.-३ झुटकी बस्ने बर्ष २४ को रोहित मुखिया रहेका छन् । उनीहरूलाई बरामद मदिरासहित थप कारबाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठिमा बुझाइएको प्रहरीले जनाएको छ ।