रुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार, १५ जनाको मृत्यु



काठमाडौं ।

रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा अत्याधुनिक हतियारले अन्धाधुन्ध गोली प्रहार गरेका छन्।

गोलीबारी दागिस्तानको डर्बेन्ट सहरमा भएको रुसी समाचार एजेन्सी तासले जानकारी दिएको छ। बन्दुकधारीहरूको आक्रमणमा प्रहरीसहित कम्तीमा १५ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ।

रुसी समाचार एजेन्सी तासका अनुसार सुरक्षा बलले जवाफी कारबाहीमा चार आतङ्ककारीलाई मारेको छ। आक्रमणमा २० जनाभन्दा बढी घाइते भएका छन्। गोलीबारीमा चर्चका एक पादरी र एक प्रहरीको मृत्यु भएको बताइएको छ। अहिले मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ।

प्रारम्भिक रिपोर्टहरू अनुसार, रुसी सुरक्षा बलहरूले आक्रमणकारीहरू विरुद्ध जवाफी कारबाहीमा धेरै आक्रमणकारीहरूलाई मारेका थिए।

हमलापछि यहुदी धर्म स्थलको एउटा तल्लामा रहेको झ्यालबाट ठुला ठुला आगोको मुस्लो निस्किएको थियो। सुरुमा यस घटनालाई आतङ्कवादी घटना बताइएको भएपनि यस  बारेमा थप जानकारी प्राप्त भएको छैन।

प्रतिक्रिया दिनुहोस्