प्रकाश र समीक्षाको स्वरमा म आएको तिमीलाई देखेर



काठमाडौं ।

गायक प्रकाश सापकोटा र गायिका समीक्षा अधिकारीको स्वरमा म आएको तिमीलाई देखेर बोलको गीत सार्वजनिक गरिएको छ।

हालै विन्दवासिनी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा गणेश चौलागाईंको शब्द रचना र संगीत रहेको छ। लोक शैलीको रोमान्टिक गीतमा युवायुवतीले माया प्रेमको कुरा र एकअर्काप्रतिको भावना दर्शाएका छन्।

गीतमाथि आकर्षक म्युजिक भिडियोसमेत निर्माण गरिएको छ। गीतको भिडियोमा विजय पुन र अस्मिता पुरीको अभिनय तथा नृत्य रहेको छ भने स्मृति तिमल्सिना गुरुआमाले नृत्य निर्देशन तथा कोरियोग्राफी गरेकी छन्।

सुवास रेग्मीको निर्माण रहेको म्युजिक भिडियोमा अजय रेग्मीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्