प्रिन्टमेकिङ कार्यशाला शुरु

84
Shares

काठमाडौं ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा आइतबारबाट प्रिन्टमेकिङ कार्यशाला २०८१ शुरू भएको छ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हातम्छालीले कार्यशाला महत्त्वपूर्ण रहेको चर्चा गर्दै कलाकारले आफ्नोपन र मौलिकता देखाउन आवश्यक रहेको जनाए। सदस्यसचिव देवेन्द्र थुम्केलीले कार्यशाला सफलताको शुभकामना दिँदै यस विधाका कलाकारलाई सहजीकरण गर्न प्रतिष्ठानले सक्दो सहयोग गर्ने बताए।

प्राज्ञ सौरगंगा दर्शनधारीले प्रिन्टमेकिङ विधामा कार्यशाला कम भइरहेको सन्दर्भमा यो कार्यशालाले थप सहयोग गर्ने बताए। समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तावाले काधर्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रिन्टमेकिङ विधाका कलाकारलाई प्रोत्साहित गर्न कार्यशाला आयोजना गरिएको बताए।

मंगलबार सम्पन्न हुने कार्यशालामा कलाकारहरू सुनीता राणा, संगीता घिमिरे, विपना महर्जन, सन्तोष सिग्देल, भीषण राजभण्डारी, टीकादत्त दाहाल, सोनी राई, विद्यमान तामाङलगायत सहभागी छन्।