मेलुङ पालिकाः कृषि र पर्यटन प्रवद्धनको लागि सडक



दोलखा।

दोलखाको मेलुङ गाँउपालिकामा आर्थिक बर्ष ०८०-८१ मा करिब ११ किलोमिटर सडक सोलिङ गरिएको र तीन किलोमिटर नयाँ सडक खनिएको पालिका प्रमुख हिरा कुमार थोकरले बताइन् ।
नागरिकको सहजता, उत्पादन र पर्यटन प्रवद्धनको लागि आर्थिक बर्ष ०८०-८१ मा सडकलाई प्राथामिकताका साथ अघि बढाईएको पालिका प्रमुख थोकरको भनाई छ ।

मेलुुङ गाँउपालिकाले आर्थिक बर्ष २०८०-०८१ को विनियोजित बजेटबाट छ हजार आठ सय ६२ मीटर सडक सोलिङ गरेको र तीन हजार ३० मीटर नयाँ सडक खनेको इन्जिनियर सुमन नेपालले बताए । त्यसैगरी आठ सय १८ मीटर सडक ढलान गरिएको इन्जिनियर नेपालले बताए ।

त्यसैगरी आर्थिक बर्ष ०८०-८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत चार हजार २३ मीटर सडक सोलिङ भएको इन्जिनियर नेपालले बताए ।
मेलङुगाँउपालिकाको कार्यालयबाट सातवटै वडा कार्यालयमा सडकले जोडेको पालिका प्रमुख हिरा थोकरको भनाई छ । पालिका कार्यालयबाट सातवटै वडामा सडकले जोडिएकोले नागरिकलाई पालिका तथा वडाबाट सेवा लिन सहज भएको अध्यक्ष थोकर बताउछन् ।

मेलुङ गाँउपालिकाबाट प्रत्येक बर्ष ठूलो परिमाणमा आलु, बन्दा, केरा, काउली जस्ता तरकारी, सुन्तला लगायतका फलफूल र बिभिन्न अन्न बाली उत्पादन हुने भएकोले त्यसको बजारीकरणको लागि पनि सडक विस्तारले निक्कै सहयोग पुगेको अध्यक्ष थोकर बताउछन् ।

सडक निर्माणले प्रसिद्ध पर्यटकीय केन्द्र शैलुङ, गाईखुरा महादेव मन्दिर लगायतका ठाँउमा पुग्न समेत सहज भएको मेलुङ गाँउपालिका उपप्रमुख गायत्री आचार्यको भनाई छ ।

त्यसैगरी मेलुङ गाँउपालिकामा तामाकोशीदेखि सिम्टेसम्म आरसिआईसीको सहयोगमा १० किलोमिटर सडक पीच भएको इन्जिनियर नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्