असार ११ र १२ गते  नागबहालमा रात्रिकालीन व्यापार मेला हुने



ललितपुर। 

ललितपुर महानगरपालिका–१६ वडा महिला कमिटीले यही असार ११ र १२ गते स्थानीय नागबहालमा रात्रिकालीन व्यापार मेला गर्ने भएको छ।
रात्रिको समयमा पनि वडाभित्र चहलपहल बढाउने र उद्यमी महिलाको प्रवर्द्धन गर्ने उद्देश्यले सो मेला गर्न लागिएको कमिटीका संयोजक समेत रहेका महिला सदस्य बबिता श्रेष्ठले बताइन् ।

संयोजक श्रेष्ठका सो मेलामा महिलाद्वारा उत्पादित सामग्रीको अतिरिक्त हस्तकलाजन्य उत्पादनका ३५ वटा स्टलहरु रहने छन्। दुई दिन साँझ पाँच बजेदेखि ९ बजेसम्म सो मेला हुनेछ । यसका अतिरिक्त सांगीतिक प्रस्तुती तथा नेवाः खानाको स्टलहरु रहने छन्।

सो मेलाले ललितपुरमा पयर्टन प्रवद्र्धनका लागि रात्रिकालीन बजारको सम्भावना र पूर्वाधार बनाउनेतर्फ सबैलाई ध्यानाकृष्ट गर्ने वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताए। सो मेलाको लागि वडाले पाँच लाख रुपैयाँ बजेट विनियोजित गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्