विद्यार्थीर्को निधारमा ‘मेरो कापी छैन’ लेख्ने शिक्षक कारबाहीमा  



उदयपुर ।

 उदयपुरको कटारी नगरपालिका वडा नं. २ स्थित कमला आधारभूत विद्यालय खोक्साका शिक्षकले एक विद्यार्थीलाई दुव्र्यहार गरेर पठाएको घटना सार्वजनिक भएको छ ।

कक्षा ३ मा अध्ययनरत एक छात्रलाई शिक्षक नातिबाबु भट्टराईले कापी नलिई आएको भन्दै मार्करले निधार र गालामा ठूलो अक्षरमा ‘मेरो कापी छैन्’ लेखेर विद्यालयबाट घर पठाएको घटना सार्वजनिक भएको हो ।

मंगलवार बिहान विद्यालय अध्ययनका लागि पुगेका ७ वर्षीय छात्रलाई विद्यालयमा कापी नलगेको भन्दै शिक्षक भट्टराईले वालकको निधारमा लेखेर पठाएपछि घटनाको सर्वत्र विरोध भएको छ ।

घटना सार्वजनिक भएपछि शिक्षक भट्टराईले घटनाको स्वीकार गरेका छन् । विद्यालयका प्रधानाध्यापक घमन्ड कटुवालले शिक्षक भट्टराईले गलत गरेका स्विकारेको बताए।

घटना बाहिरिएपछि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले शिक्षक भट्टराईलाई कार्वाहीको प्रक्रिया सुरु गरिएको बताए । घटना सार्वजनिक भए लगतै कटारी नगरपालिकाले शिक्षकलाई २४घण्टे स्पष्टीकरण सोधेको छ । शिक्षक भटराईको स्पष्टीकरण प्राप्त भएको कटारी नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्