अत्यधिक गर्मीका कारण साउदीमा सयाैं हजयात्रीको मृत्यु



एजेन्सी।

साउदी अरबमा अत्यधिक गर्मीका कारण सयाैं हजयात्रीको ज्यान गएको छ ।

अहिलेसम्म ५५५ जनाको ज्यान गएको र दुई हजार जना गम्भीर बिरामी परेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एएफपीका अनुसार मृत्यु हुनेमध्ये ३२० जना इजिप्टका नागरिक रहेका छन् ।

यस्तै इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले तीर्थयात्रामा गएका आफ्ना १४४ जनाको ज्यान गएको जनाएको छ । जोर्डन, सेनेगल, ट्युनिसिया र इरानले पनि आफ्ना नागरिक गुमाएको बताएका छन् ।

यो वर्ष ज्यान गुमाउनेको सङ्ख्या गएको वर्षको भन्दा दोब्बरले धेरै हो । यसपटक विश्वभरबाट १८ लाख जना हजयात्राको लागि साउदीको मक्कामा पुगेका छन् ।
अहिले साउदीको तापक्रम झन्डै ५२ डिग्री सेल्सियसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्