जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ



झापा।

शिवसताक्षी नगरपालिका-९ दुधेस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने दिलिप तामाङ समेत ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ७ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्