तीनदिने विज्ञानलेखन पत्रकारिता तालिम सम्पन्न



काठमाडौं।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले ३ दिने विज्ञान पत्रकारिता तालिम सम्पन्न गरेको छ ।
जेठ ३२ देखि असार २ गतेसम्म विकास समितिको प्राङ्गणमा सञ्चालन रहेको कार्यक्रममा ८० बढीको सहभागिता रहेको थियो ।

समितिले राष्ट्रमा शैशव अवस्थामा रहेको विज्ञान पत्रकारिताको क्षेत्रलाई सक्षम एवम् समयानुकूल बनाउने उद्देश्यले तीन दिवसीय विभिन्न समाचार संस्थामा विज्ञान बिटमा काम गर्ने पत्रकारहरूलाई तालिम दिएको हो । उपत्यका, कर्णाली, जुम्ला, नेपालगञ्ज, चितवन, बुटवलका रेडियो, छापा, डिजिटल माध्यममा काम गर्ने पत्रकारहरूको सहभागिता रहेको थियो ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा प्राप्त उल्लेख्य उपलब्धिलाई जबसम्म जनमानसमा सरल एवम् सहज ढंगबाट प्रवाहित गरिँदैन तबसम्म वैज्ञानिक चेतना एवम् संस्कारप्रति सचेत नागरिक तयार गर्न सकिँदैन भन्दै कार्यक्रम सञ्चालन भएको थियो ।

‘वर्कसप कम ट्रेनिङ अन साइन्स जर्नालिजम÷साइन्स राइटिङ’ नाम दिइएको उक्त कार्यक्रममा देशका विभिन्न ठाउँमा रहेर पत्रकारीता गर्नेहरूको सहभागिता रहेको थियो । समितिले राष्ट्र विकासले मूर्त रूप लिन सक्दैन र जुन वैज्ञानिक तथा पत्रकारहरू बीचको आपसी समन्वयबाट मात्र सम्भव छ भनेको छ ।

कार्यक्रममा समितिका महानिर्देशक डा. सनतकुमार शर्माले यस्ता कार्यक्रमले विज्ञान र पत्रकारितालाई चिनाउन सहयोग पुग्ने बताएका छन् । उनले आउँदा दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरे ।

तालिममा डा.एसके शर्मा, प्रोफेसर डा. प्रकाश घिमिरे, गोविन्दप्रसाद पोखरेल, डा. कुन्दन अर्याल, डा. टंकप्रसाद उप्रेती, प्रा. डा. विनयकुमार झा, जगत नेपाल, इन्दुविक्रम जोशी, इन्जिनियर देवानन्द यादव, ऋषिकेश दाहालले प्रक्षीण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्