सेन्ट जेभियर्स र दीक्षालयलाई उपाधि

282
Shares

काठमाडौं

सेन्ट जेभियर्स र दीक्षालय फाउन्डेसन नेपालले ११ औं कीर्तिपुर कप अन्तरविद्यालय बासकेटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्। सेन्ट जेभियर्स ब्वाइज तथा दीक्षालय गर्ल्समा च्याम्पियन बने।

कीर्तिपुर बास्केटबल संघ, नयाँ बजार र युनिक युनाइटेड ग्रुपद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा सेन्ट जेभियर्सले ज्ञान निकेतनलाई ६९–४२ ले पराजित गर्‍यो। कीर्तिपुरस्थित कभर्डहलमा भएको गर्ल्स उपाधि भिडन्तमा दीक्षालयले रिब्सलाई २५–२३ को झीनो अन्तरले हरायो।

निर्धारित समयको खेल २१–२१ को बराबरीमा टुंगिएको थियो। प्रतियोगिताको ब्वाइजमा सेन्ट जेभियर्सका शुभम् सैंजु र गर्ल्समा दीक्षालयकी दीपशिखा गोले तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।