हिमरश्मि विजयी

188
Shares

काठमाडौं ।

हिमरश्मिले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबलको सिनियर गल्र्समा मंगलबार जित हात पारेको छ। मनमैजुस्थित आयोजक एन्जल्स हार्ट स्कुलको कोर्टमा हिमरश्मिले किङडमलाई २५–१८ ले पराजित गर्‍यो। हिमरश्मिकी निमा तामाङले ८ अंक जोडिन् ।

जुनियर ब्वाइजमा किङडमले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३२–२५, एन्जल्स हार्ट ‘ए’ ले जेबीलाई २१–१५, सेबले जीवन ज्योतिलाई २३–२०, ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २०–१६, गोल्डेनपिकले हिमरश्मिलाई २३–१८, लालीगुराँस नेसनल एकेडेमीले न्युटनलाई २५–२० र एन्जल्स हार्ट ‘बी’ ले फ्लोरोसेन्टलाई १५–१४ ले हराए।