फेन्सिङमा मिनलाई स्वर्ण

564
Shares

काठमाडौं ।

नेपाल आर्मीका मिन कार्कीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत इपीमा मंगलबार स्वर्ण जितेका छन्। एपीएफका जंग गिरी दोश्रो तथा बागमती प्रदेशकाद्वय टार्जन दाहाल र शुलभ सुनुवार तेश्रो भए।

नेपाल फेन्सिङ संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला व्यक्तिगत फाइनलमा बागमतीकी गोमा आचार्य पहिलो भइन्।

एपीएफकी मन्दिरा थापा दोश्रो तथा आर्मीकी आशा गुरुङ र एपीएफकी अनिता अधिकारी तेश्रो बने। महिला टिम इपीमा एपीएफ पहिलो, गण्डकी दोश्रो तथा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश तेश्रो भए। प्रतियोगिता बुधबार सम्पन्न हुनेछ।