विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै



काठमाडौं ।

जारी टी-२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल सुरु हुँदै छन्। सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन् । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि सुरु हुने छ।

यस विश्वकपको समूह चरणमा दक्षिण अफ्रिकाले समूह डी का चारै खेलमा जित हासिल गरेर ८ अङ्कसहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ। दक्षिण अफ्रिका समुह चरणमा भाग्यको साथमा निकै प्रतिस्पर्धात्मक खेलमा जित हासिल गर्दै अगाडी बढेको छ। नेपालसँग एक रनको तथा बङ्गलादेशसँग ४ रनको जित हासिल गरेको दक्षिण अफ्रिकालाई यस विश्वकपमा भाग्यको साथ रहेको छ। त्यस्तै अमेरिका भने यस विश्वकपको ‘सरप्राइज’ टिम बनेर अगाडी आएको छ।

अमेरिकाले समूह चरणमा पाकिस्तानलाई पराजित गरेर अगाडी बढेको छ। त्यस्तै अमेरिकाले भारतसँगको खेल हारे पनि इङल्याण्डलाई पराजित गरेको थियो भने आयरल्याण्डविरुद्धको खेल वर्षाले रद्द भएको थियो। टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका अहिलेसम्म खेलेका छैन।

पहिलो पटक खेलिरहेका दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्त्वपूर्ण रहेको छ । सुपर आठको समूह २ मा रहेका दुवै देशले वेस्ट इन्डिज र इङल्याण्डसँग एक एक खेल खेल्ने छन्।

प्रतिक्रिया दिनुहोस्