‘आँखालाई माया गर्नुहोस्’ पुस्तिका लोकार्पण 

1.41k
Shares

काठमाडौँ। 

 नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गद्वारा “आँखालाई माया गर्नुहोस्” नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका लोकार्पण गरिएको छ ।

अस्ट्रेलियाली दूतावासको प्रायोजनमा अस्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा रिलेटिभ नेपालका विज्ञ मिथिला कलाकारहरूको कलाद्वारा तयार यस पुस्तिका तिलगंगा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागमा उपलब्ध हुनेछन् । एक हजार प्रति प्रकाशन गरिएको बाल पुस्तिकाबाट उपचारका क्रममा आफ्नो पालो पर्खिरहेका बालबालिकाले स्वर्गीय डा. फ्रेड होलोज र डा.सन्दुक रुइतबीचको मित्रताको बारे समेत जान्न पाउँनेछन् । दुतावास, तिलगंगा आँखा प्रतिष्ठान र आफन्त नेपालको सहकार्यले परम्परागत कलामार्फत आँखा स्वास्थ्य सचेतना र आदिवासी साँस्कृतिक कलाको प्रवर्धन गर्ने अपेक्षा राखिएको तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङले बताइन् ।

नेपालका लागि अस्ट्रेलियाली राजदूत भोल्कका अनुसार सन् १९९० को दशकको प्रारम्भदेखि नै स्वर्गीय डा. फ्रेड होलोज र डा.सन्दुक रुइतबीचको मित्रताको सम्झना गराउने यो पुस्तिकाले अस्ट्रेलिया र नेपालबीचको जन–जनताको सम्बन्धलाई प्रवद्र्धन गर्न सहयोग पु¥याउने आशा गरिएको छ । उनले  सिर्जनशील कार्यले कलाकारहरुको प्रतिनिधित्व गर्दै रिलेटिभ नेपालका कार्यकारी निर्देशक जयप्रकाश मण्डलले जनकपुरका मिथिला कलाकारहरुलाई निरन्तर सहयोग गरेकोमा टीआईओ, एफएचएफ, अष्ट्रेलियन दूतावास र सान्ड्रालाई धन्यवाद ज्ञापन गरे । त्यस्तै ,सान्ड्रा फिडेल्डेलीले निस्वार्थ रुपमा नेपाली बालबालिकाहरु, कलाकारहरु र स्वास्थ्यकर्मीहरुलाइ पु¥याउनुभएको सहयोगको प्रशंसा गर्दै उनले  दुई देशका जनताको सुमधुर सम्बन्धको महत्त्वपूर्ण श्रोत भएकोमा कृतज्ञता व्यक्त गरे ।

कलाकारहरुको तर्फबाट आफन्त नेपालका कार्यकारी निर्देशक जय प्रकाश मण्डलले फ्रेड हलोज फाउण्डेशन, तिलगंगा आँखा प्रतिष्ठान, अष्टे«लियाली दुतावास र सान्ड्रालाई जनकपुरको मिथिला कलाकारहरुलार्य सहयोग पु¥याएकोमा धन्यवाद ज्ञापन गरे। ”यस्ता अवसरहरुले परम्परागत मिथिला मिथिला चित्रहरुलाई विश्वभरका दर्शकहरुमाझ पु¥याउन र त्यसलाई आयको श्रोतको रुपमा विकास गर्न मद्दत गर्नेछ”, उनले भने  ।

त्यस्तै, तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले किताब प्रकाशनका लागि अष्टे«लीयाली दुतावास, आफन्त नेपाल र सान्ड्रा फिल्डेलीलाई धन्यवाद दिइन् । उनले ”यस्ता क्रियाकलापहरुले नेपाल–अष्टे«लियाको सम्बन्ध विस्तार गर्न मद्दत गर्नेछ ” भनिन् ।