ओमोडा ई-फाइभ किन्दा एक्सचेन्ज बोनस



काठमाडौँ। 

नेपालको अग्रणी विद्युतीय गाडी (इभि) ब्रान्ड ओमोडाले नयाँ एक्सचेन्ज अफर योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा ई-फाइभ विद्युतीय गाडी खरिद गर्दा र १.५ लाखको विशेष एक्सचेन्ज बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ।  । थप रूपमा ब्रान्डले प्रत्येक खरिदमा ग्राहकहरूलाई सात  किलोवाट चार्जर पनि प्रदान गरिरहेको छ।

यो योजना अवधीभर ओमोडा ई -फाइभको सीमित स्टकसँग आफ्नो गाडी एक्सचेन्ज गर्ने ग्राहकहरूले विभिन्न आकर्षक लाभहरू प्राप्त गर्नेछन् । ब्रान्डले चालु आर्थिक वर्षको लागि सडक कर (रोड ट्याक्स)मा पूर्ण छुट दिनेछ । साथै, प्रत्येक एक्स्चेन्जमा ७ किलोवाटको (7kw) चार्जर नि:शुल्क  मिल्नेछ । सिमित स्टकका ओमोडा ई-फाइभ गाडीहरू जम्मा ६१.९९ लाखको उत्कृष्ट प्रिबजेट मूल्यमा उपलब्ध छन् । यसबाहेक, ग्राहकहरू थप नगद छुटबाट लाभान्वित हुनेछन् भने प्रत्येक खरिदमा नि:शुल्क  टि(बक्स पनि समावेश हुन्छ, जसले गाडीको कनेक्टिभिटि र कार्यक्षमतालाई बढाउँदछ ।

एसपिजि अटोमोबाइल्स प्रा। लिमिटेडका प्रबन्ध निर्देशक गौरव शारडाले बजारको मागप्रति ब्रान्डको तदारुकता व्यक्त गर्दै भने, “गत फेब्रुअरीमा सार्वजनिक गरेदेखि नै ओमोडा ई-फाइभ  प्रति नेपाली बजारले देखाएको सकारात्मक प्रतिक्रियाबाट हामी निकै प्रेरित छौं । यसै अन्तर्गत ओमोडा गाडी खरिद गरी विद्युतीय सवारी साधनहरूतर्फ ‘अपग्रेड’ हुन चाहने नेपालीहरूका लागि यो अफर प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौँ । हामीले सबै नेपालीलाई दिगो सवारी साधनतर्फ उन्मुख गराउन र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र आकर्षक सुविधाहरू प्रदान गरी सहयोग पुर्याईरहेका छौं ।”

ओमोडा ई-फाइभ  नेपालमा ईभी खरिदकर्ताहरूका लागि उत्कृष्ट एक्स्टेरियर डिजाइन, आधुनिक सेक्युरिटि सुविधाहरू र ड्राइभिङ अनुभवलाई स्तरोन्नति गर्ने प्रविधिहरूका साथ शीर्ष रोजाईको रूपमा रहिआएको छ ।

 योजनामा केही सर्त तथा नियमहरू लागू हुने कम्पनीले जनाएको छ।  ओमोडा ई -फाइभको सीमित स्टक रहँदासम्म यो योजना लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्