जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ



तनहुँ।

शुक्लागण्डकी नगरपालिका-५ भिमसेनटोल बस्ने ईन्द्र बहादुर पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय सुजन कुमार राना समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ६ सय ५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्