असार ७ गते विश्व योग दिवस मनाइने

154
Shares

काठमाडौं ।

यस वर्षको विश्व योग दिवस आगामी असार ७ गते मनाइने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस वर्षको विश्व योग दिवसको नारा महिला सशक्तीकरणका लागि योग भन्ने तय भएको छ।

यसैबिच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी ७ असारका दिन सबै स्थानीय तहलाई तोकिएको नाराका साथ योग दिवस मनाउन पत्राचार गरेको छ । शिक्षा मन्त्रालयको अनुरोधमा सामान्यले सबै स्थानीय तहमा योग दिवस मनाउन पत्राचार गरेको हो।

पछिल्लो समय नसर्ने रोगको प्रकोप बढी रहेका बेला त्यसलाई नियन्त्रण गर्नका लागि पनि योगको विशेष महत्त्व रहेको चर्चा गरिएको छ। योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा राम्रो प्रभाव पार्ने गरेको विभिन्न अनुसन्धानहरूले पुष्टि गरेको छ।