आर्मीका उपेन्द्रलाई स्वर्ण



काठमाडौं ।

नेपाल आर्मीका उपेन्द्र शाहीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत साब्रेमा सोमबार स्वर्ण जितेका छन् । त्यसैगरी एपीएफका राजेन्द्र गजुरेल दोश्रो तथा आर्मीका रघुवीर चन्द तेश्रो भए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा एपीएफकी अनिता कार्की पहिलो, आर्मीकी पुजन कुमाल दोश्रो र गण्डकी प्रदेशकी कृपा गुरुङ तेश्रो भए।

नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष टिम साब्रेमा आर्मी, एपीएफ र बागमती प्रदेश क्रमशः शीर्ष तीन स्थानमा रहे। तीनदिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय गरी १० टिमका १ सय १२ खेलाडीको सहभागिता रहेको आयोजक फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन् । पुरुष\महिलामा समान ६–६ गरी १२ स्पर्धामा खेल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्