सूर्य नेपाल प्रिमियर गल्फ मंगलबारदेखि



काठमाडौं ।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमवारदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ।

पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरको सहभागिता रहने जानकारी सोमबार आयोजित एक पत्रकार सम्मेलनमा पीजीए नेपालका महासचिव दिपक आचार्यले जानकारी दिनुभयो । प्रतियोगिताको दुई दिनको खेल पश्चात कट लागु हुनेछ ।

३६ होलको समाप्तीमा उत्कृष्ट २१ र टाइमा पर्ने प्रोफेसनल खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन। एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ। कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन।

त्यस्तै, चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ । कुल २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन । ७२ होलको चारदिने प्रतियोगिता शुक्रबारसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्