रोमानियाको युरो कपमा विजयी सुरुवात



काठमाडौं

रोमानियाले युरो कपमा विजयी सुरुवात गरेको छ । सोमबार राति सम्पन्न समूह इ अन्तर्गतको खेलमा रोमानियाले युक्रेनलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

रोमानियाको जितमा निकोला स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागसले एक एक गोल गरेका थिए। यो जितपछि रोमानियाले समूह इ मा महत्त्वपूर्ण तीन अङ्क बटुलेको छ।

अब रोमानियाले अर्को खेल जुन २३ मा बेल्जियमविरुद्ध खेल्ने छ भने युक्रेनले जुन २१ मा स्लोभाकियासँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्