फर्गुसनको कीर्तिमानसँगै न्युजिल्याण्डको सहज जित



काठमाडौं

टी–२० विश्वकपमा न्यूजिल्यान्डले जितसँगै यात्रा समाप्त गरेको छ। समूह ‘सी’ को अन्तिम खेलमा न्यूजिल्याण्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेर विश्वकपको यात्रा टुङ्गाएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनी १९.४ ओभरमा ७८ रनमा अलआउट भयो। ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो। न्यूजिल्याण्डका बलर लुकी फर्गुसनले नयाँ कीर्तिमान बनाएका छन्। उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए। उनले आफ्नो कोटाका सबै चार ओभर मेडन बलिङ गरेर नयाँ कीर्तिमान बनाएका छन्।

उनी टी–२० विश्वकपमा सबै चार ओभर मेडन बलिङ गर्ने पहिलो बलर बनेका छन्। उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए। साथै फर्गुसन टी–२० अन्तर्राष्ट्रिय खेलमा सबै मेडन ओभर बलिङ गर्ने भने विश्वकै दोस्रो बलर बनेका छन्।

उनीभन्दा अगाडि क्यानडाका साद बिन जफरले पानामाविरुद्धको २०२१ मा खेलेको खेलमा चारै ओभर मेडन गरेर २ विकेट लिएका थिए। न्यूजिल्याण्ड यस विश्वकपमा सुरुका दुवै खेलमा हार बेहोरेपछि विश्वकपको सुपर आठमा पुग्न असफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्