यामल सबैभन्दा कान्छो खेलाडी



जर्मनीमा भइरहेको युरोकप २०२४ मा स्पेनका फरवार्ड लामिन यामल सबैभन्दा कान्छो खेलाडी बनेका छन् । यामलले शनिबार क्रोएसियाविरिुद्ध खेलेपछि युरोकपमा खेल्ने सबैभन्दा कान्छो खेलाडी बन्ने सौभाग्य प्राप्त गरेका हुन् ।

स्पेनका लागि आठ खेलमा सहभागिता जनाएपनि यो खेल खेल्दा उनको उमेर १६ वर्ष ३३८ दिनको थियो । गत सेप्टेम्बरमा युरो २०२४ छनौटमा जर्जियाविरुद्ध डेब्यु गर्दा उनी सबैभन्दा कान्छो खेलाडी तथा गोलकर्ता बनेका थिए ।

यो भन्दा अघि पोल्यान्डका कास्पर कोजलोवस्की कान्छो खेलाडी थिए । उनी युरो २०२० मा स्पेनविरुद्ध डेब्यु गर्दा उनको उमेर १७ वर्ष २४६ दिन थियो । उनले यसै प्रतियोगितामा ६ दिन अघि इंग्ल्यान्डका खेलाडी जुडे बेलिङगाम कान्छो खेलाडी भएको कीर्तिमान तोडेका थिए । बेलिङगामले क्रोएसियाविरुद्ध डेब्यु गर्दा उनको उमेर १७ वर्ष ३४९ दिनको थियो ।

प्रतिक्रिया दिनुहोस्