टी-२० विश्वकप

बंगलादेशसँग नेपाल २१ रनले पराजित



काठमाडौं ।

आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ। बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ८५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कुशल मल्लले २७ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले २५ रन जोडे। आशिफ शेखले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बंगलादेशका लागि तान्जिन हसन साकिबले चार विकेट लिए। मुस्तफिजुर रहमानले ३ विकेट लिँदा साकिब अल हसनले २ विकेट लिए। त्यस्तै तास्किन अहमदले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश १०६ रनमा अल आउट भएको थियो। साकिव अल हसनले सर्वाधिक १७ रन जाेड्दा महमदुल्लाहले १२ र जाकिर अलीले १२ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २/२ विकेट लिए।

यो जितसँगै बंगलादेश विश्वकपको सुपर ८ प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्